काठमाडौं – चर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत “म त नराउरी” हालै सार्वजनिक भएको छ। पुतलीको भट्टी भाग–२१ अन्तर्गत आएको यस गीतमा सुन्दरमणि अधिकारीको रचना तथा संगीत रहेको छ।
गीतमा आमाप्रतिको कृतज्ञता प्रष्ट रूपमा व्यक्त गरिएको छ। “तिमी त मेरो पो आमा, म गर्भमा हुँदा पनि लाखौँ चोट सहने तिमी, मृत्यु संग लडेर जन्म दिने अनि मुस्कुराउने तिमी” भन्ने भावुक पंक्तिहरूले गीतलाई विशेष बनाएका छन्।
भिडियोमा लालिता पौडेल, प्रविधि भण्डारी, विज्ञान भण्डारी र अक्षय हिमालीको अभिनय रहेको छ। छायाङ्कन शम्भु चालिसेले र सम्पादन प्रभिन भट्टाले गरेका छन्।
यो गीत ४ दिनअघि युट्युबमार्फत प्रिमियर भएको हो र हालसम्म ३६ लाख दर्शकले हेरिसकेका छन्। निर्माता–निर्देशक अधिकारीका अनुसार, गीतले आमाप्रतिको माया र तीज पर्वको उत्साहलाई अझ गहिरो बनाउने अपेक्षा गरिएको छ।
Add comment