5
(1)

 लोकप्रिय गायक उर्गेन दोङको बहुप्रतिक्षित नयाँ गीत ‘जिन्दगी’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। उर्गेन दोङको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिएको यस गीतले छोटो समयमै दर्शकहरूको अपार माया र प्रतिक्रिया बटुलेको छ।

मानव जीवनको यथार्थ र मृत्युको अकाट्य सत्यलाई गहिरो रूपमा प्रस्तुत गरिएको यो गीतले धेरै दर्शकलाई भावुक बनाएको छ। सार्वजनिक भएदेखि नै यसको कथावस्तु र प्रस्तुतिको प्रशंसा भइरहेको छ, कतिपय दर्शकले भिडियो हेर्दा आँसु रोक्न नसकेको प्रतिक्रिया दिएका छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply