5
(1)

सुजन चापागाईं र बिध्या तिवारीको स्वरमा सजिएको “एक्लै भएनी – मेरो अधुरो प्रेम” बोलको गीत युट्युबमा रिलिज भएको छ। आर्टमाण्डुको प्रस्तुतिमा तयार पारिएको यस म्यूजिकल फिल्ममा साईग्रेस पोखरेल र माया लुना खान मुख्य भूमिकामा देखिएका छन्। यो गीतले ब्रेकअपपछिको पीडादायी समय, प्रेमको अधुरो कथा, र जीवनमा अगाडि बढ्न संघर्ष गरिरहेका पात्रहरूको मनोदशा चित्रण गरेको छ।

“आँसुको भारी

मन गाठो पारी

पोखियो आज

संसारै हारी

मनै त हो नि

सके सम्झाउला

नसके अधा

मुटु यो लेर जाउला

म गलि गए

म ढलि गए

एक्लै भएनी”

गीतमा हर्क साउदको उत्कृष्ट शब्दले प्रेम, वियोग, र पश्चात्तापलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ। सुजन चापागाईंको संगीतले भावनालाई अझै गहिरो बनाएको छ।

गीतको भिडियोमा अभिनेताहरू साईग्रेस पोखरेल र माया लुना खानको जीवन्त अभिनयले दर्शकलाई कथा भित्र तान्न सक्षम बनाएको छ। गीतको निर्देशन अभिषेक सुवेदीले गरेका हुन् ।

रिलिज भएको छोटो समयमा नै गीतले २.१ मिलियनभन्दा बढी भ्युज पाएको छ । दर्शकहरूले गीतको भाव र भिडियोको प्रस्तुतीलाई निकै मन पराएका छन्।

“एक्लै भएनी – मेरो अधुरो प्रेम” प्रेम र वियोगको कथा खोजिरहेका सबैका लागि एक सुन्दर संगीत यात्रा हो। यो गीतले मन छुने भावनात्मक प्रभाव छोड्ने निश्चित छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply