कलाकार नवाज अन्सारीले आफ्नो नयाँ म्युजिक भिडियो ‘ढाका टोपी मैलो’ सार्वजनिक गरेका छन्। यो गीत छोटो समयमा नै १४ लाखभन्दा बढी भ्युज बटुलेको छ। यस गीतले टोरन्टोमा सम्पन्न सम्राज्य टूर २०२५ को यादहरूलाई आकर्षक रूपमा चित्रण गरेको छ।
गीत लेखन र प्रस्तुति नवाज अन्सारीकै हो भने प्रोडक्सन एव्राम बीट्सले गरेका छन्। मिक्सिङ र मास्टरिङ समेत नवाज अन्सारीले नै गरेका हुन्।रोचक कुरा के भने, भिडियोका सबै फुटेजहरू आईफोनबाट कैद गरिएको हो, जसले कलाकारहरूलाई सन्देश दिन्छ — ‘विशेष उपकरणको आवश्यक छैन, जुनसुकै सामग्रीले पनि उत्कृष्ट सिर्जना गर्न सकिन्छ।’
यो गीत कुमार न्यौपाने र शोभा न्यौपानेको मूल “ढाका टोपी मैलो” गीतलाई पुनर्जीवित गर्ने प्रयास हो। नवाजले पुरानो गीतको मर्म र सौन्दर्यलाई नयाँ ढङ्गले प्रस्तुत गरेका छन्। कर्मा इभेन्ट्सको सहकार्यमा टोरन्टोमा आयोजना गरिएको कार्यक्रममा यो गीत प्रदर्शन गरिएको थियो।