0
(0)

काठमाडौं – बहुप्रतिक्षित चलचित्र “हरिबहादुरको जुत्ता” को नयाँ गीत “ढाका टोपी सिरैमा” सार्वजनिक भएको छ। स्वस्तिमा खड्का, गायक/अभिनेता प्रकाश सपुत र वरिष्ठ कलाकार हरिवंश आचार्यको दमदार प्रस्तुति छ।

गीतलाई असिश अविरल र मेलिना राईले स्वर दिएका छन् भने शब्द दानबहादुर कार्की र संगीत दिपक शर्माको रहेको छ। भिडियोमा नृत्य संयोजन किरण थापा र रबिता मगरले गरेका छन्।

चलचित्र “हरिबहादुरको जुत्ता” मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियांका कार्की, दिव्यदेव पन्त, हरिहर शर्मा लगायत चर्चित कलाकारहरूको अभिनय रहेको छ। चलचित्रलाई निर्देशक दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् भने कथा र पटकथा स्वयं हरिवंश आचार्यले लेखेका छन्।

यस चलचित्रलाई दशैँको फूलपाती अर्थात् असोज १३ (सेप्टेम्बर २९) मा देशभरका हलमा प्रदर्शनमा ल्याइने भएको छ।

चलचित्र“हरिबहादुरको जुत्ता” को अर्को चर्चित गीत- बेला बितेसी ले २५ लाख भ्यूज पुगेर चर्चामा छ

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply