बहुप्रतिक्षित भनिएको तर प्रचारप्रसारमा कमजोर देखिएको नेपाली चलचित्र ‘धागो’ प्रदर्शनमा आएको तीन दिनमै हलहरूबाट हटेको छ। पर्याप्त प्रचारको अभाव र बक्स अफिसमा अन्य ठूला फिल्महरूको दबदबाका कारण ‘धागो’ ले दर्शक पाउन सकेन।
‘धागो’ असफल हुनुको मुख्य कारण नेपाली बक्स अफिसमा अन्य सुपरहिट फिल्महरूको पकड हो। अहिले हलहरूमा ‘जारी–२’, ‘परान’ र ‘जेरी अन द टप’ जस्ता चलचित्रहरूले अत्यधिक दर्शक तानिरहेका छन्। यी फिल्महरूको निरन्तर ‘सुपरहिट’ कारोबारले गर्दा ‘धागो’ ले आफूलाई स्थापित गर्ने ठाउँ पाएन। बलियो प्रतिस्पर्धी फिल्महरूको सामु ‘धागो’ छायामा पर्नु स्वाभाविक मानिएको छ।
चलचित्र हलमा तीन दिनमै उत्रिनु र दर्शकहरूले खासै मन नपराउनुले यही कुरा पुष्टि गर्छ कि, निर्माण पक्षले निकै मिहिनेत गरे पनि अन्तिम परिणाममा “धागोमा परान भरिएन”।

Add comment