चर्चित भारतीय गायिका नेहा कक्कड़ र नेपाली गायक एकदेव लिम्बुको आवाजमा तयार भएको नयाँ म्युजिक भिडियो ‘झिम झिम’ले युट्युबमा १९ मिलियनभन्दा बढी भ्यूजसहित ठूलो लोकप्रियता हासिल गरेको छ।
नेहा कक्कड़ले युट्युबमा प्रतिक्रिया दिँदै लेखेकी छिन्- “मेरो सबै नेपाली फ्यानहरूलाई माया, साँच्चै यो भाषा र यो गीतलाई धेरै माया गर्छु!”
अनशल गर्गको प्रस्तुतीमा तयार भएको यो गीतमा रोमान्टिक कथा समेटिएको छ जसमा कलाकार ऋत्विक साहोर र प्रिया प्रकाश भरी मुख्य भूमिका निर्वाह गरेका छन्। भिडियो निर्देशन स्नेहा शेट्टी कोहलीले गरेकी हुन् भने राजत नागपालले संगीत संयोजन तथा निर्माण गरेका छन्। एकदेव लिम्बु र राणा सोतलले गीतका शब्दहरू लेखेका हुन्।
‘झिम झिम’को संगीत संयोजनमा राजत नागपाल र एकदेव लिम्बुले संयुक्त रूपमा काम गरेका छन् भने संगीत निर्माता राजत नागपाल र सस्वत श्रेष्ठले गरेका छन्। गिटारमा शॉ र विवेकको साथ र रबिन कुमार श्रेष्ठको फ्लुटले गीतमा मनमोहक संगम दिएको छ।
रुटीन अफ नेपाल बन्द च्यानलले युट्युबमा लेखेको छ- “अर्को नेपाली कलाकार अन्तर्राष्ट्रिय तहमा पुग्दैछन्, यो नै नेपाली कलाकारहरूका लागि आवश्यक प्रेरणा हो।”
Add comment