0
(0)

तीज पर्वको अवसर पारेर लोकप्रिय गायिका एलेना चौहानले आफ्नो नयाँ तीज गीत ‘छोरीको शिर आमा’ सार्वजनिक गरेकी छिन्। २०८२ सालको तीजलाई लक्षित गर्दै यो गीत युट्युबमार्फत प्रिमियर गरिएको हो।

स्मारिका ढकाल र सुरेश कोहलीको सशक्त अभिनयले भिडियोको कथालाई झनै प्रगाढ बनाएको छ। गीतले एक आमाले छोरीप्रति राख्ने विश्वास, माया र आशा–अपेक्षालाई संवेदनशील तरिकाले प्रस्तुत गरेको छ। भिडियोको कथा एक आमाको दृष्टिबाट अगाडि बढ्छ, जसले आफ्नी छोरीको शिर सधैं गर्वले उचो रहोस् भन्ने चाहना राखेकी हुन्छिन्। छोरी विवाहपश्चात नयाँ परिवेशमा संघर्ष गर्दैछिन् तर आमाको माया र सन्देशले उनलाई हरेक परिस्थिति सामना गर्न प्रेरणा दिन्छ। गीतमा आमाले छोरीलाई बचाउन सक्दिनन्, तर बल दिन्छिन्—भरोसा दिन्छिन्, जुन कुरा नेपाली आमाछोरीको सम्बन्धमा गहिरो सन्देश दिन्छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply