काठमाडौं, कात्तिक ७ – लोकप्रिय र्यापर आशिष राना ‘लाहुरे’ र गायक एकदेव लिम्बुको संयुक्त प्रस्तुति “तिहार” गीतले युट्युबमा १० लाखभन्दा बढी भ्युज पार्दै तिहारको रमाइलो माहोललाई अझ उज्यालो बनाएको छ।
सार्वजनिक गरिएको केही दिनमा उक्त गीतले दर्शक तथा श्रोतालाई आकर्षित गर्न सफल भएको हो। कविता नेपाली, लाहुरे र एकदेव लिम्बुको अभिनयले सजिएको भिडिओले तिहारको रंगीनपन र नेपालीपनलाई आधुनिक संगीत शैलीमा प्रस्तुत गरेको छ।
लाहुरेका अनुसार, “यो गीत धेरै वर्षअघि नै तयार पारेको थिएँ, तर केही अधुरोपन महसुस हुन्थ्यो। यसपालि आफ्ना नजिकका मानिसहरूको साथ र हौसालाले यो सिर्जनालाई पूर्णता दिन सकेँ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
