5
(1)

ट्रिजा प्रधानको स्वरमा नयाँ गीत “तिमीलाई सम्झेर २” सार्वजनिक भएको छ। यो गीत भदौ २७ गते प्रिमियर भएको हो र हालसम्म १० लाख ४० हजारभन्दा बढी दर्शकले हेरेका छन्। गीतमा ट्रिजा प्रधान र उत्तम राईको आकर्षक प्रस्तुति देख्न सकिन्छ। यो गीतको मूल गायक केहर सिंह लिम्बु हुन्।

“तिमीलाई सम्झेर” एउटा भावनात्मक कथा हो, जसमा एक मोटरसाइकल ब्लगर आफ्नो प्रेम विछोडपछि एकल यात्रा तय गर्छन्। विछोडको पीडा, सम्झनाहरूले मन भताभुङ्ग पार्दै गर्दा उनी आफूलाई सम्हाल्दै अघि बढ्ने प्रयास गर्छन्।

यो गीतको संगीत र शब्द केहर सिंह लिम्बुको रहेको छ भने मिक्सिङ, मास्टरिङ र एरेञ्ज सागर संसार राईले गरेका छन्। महोल स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा समकालीन कोरियोग्राफर सुजन मार्फा तामाङले कोरियोग्राफी गरेका छन् र अनुषा राईले नृत्य प्रदर्शन गरेकी छन्।

गीतको निर्देशन तथा स्क्रिप्ट प्रशंसा रायमाझीले गरेका छन्। चलचित्रको छायांकन, सम्पादन र रंग सम्पादन घोंग्बा द्वारा गरिएको छ। मेकअप आर्टिस्ट हेना मगरले सौन्दर्यलाई नयाँ आयाम दिएका छन्। यसैगरी, सहायक उत्पादन टिममा फर्दिन खान, सन्जु लामा, र सबिन सुकाजु सामेल छन्।

मूल गायक केहर सिंह लिम्बुको स्वरमा “तिमीलाई सम्झेर २”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply