काठमाडौं — चर्चित गायक तथा गीतकार सज्जन राज वैद्यले आफ्नो नयाँ गीत ‘पत्र ’ को आधिकारिक रिलिज सार्वजनिक गरेका छन्। जनवरी १, २०२६ मा युट्युबमार्फत प्रिमियर गरिएको यो गीतले रिलिजसँगै दर्शक–स्रोताको उल्लेखनीय ध्यान तानेको छ। प्रिमियरपछि छोटो समयमै लाखौँ भ्युज बटुल्दै गीत ट्रेन्डिङतर्फ उन्मुख देखिएको छ।
‘पत्र’ प्रेम, सम्झना र दूरीका भावनात्मक तहहरूलाई अत्यन्तै काव्यात्मक ढंगले प्रस्तुत गर्ने गीत हो। प्रिय व्यक्तिप्रति लेखिएका पत्रभित्रका पत्रहरूजस्तै गहिरा अनुभूति गीतको शब्द र संगीतमा समेटिएको छ। समय र दूरीले पनि मेट्न नसक्ने प्रेमको अनुभूति गीतको मुख्य भाव बनेको छ।
गीतको शब्द, संगीत र प्रस्तुति स्वयं सज्जन राज वैद्याको रहेको छ। परम्परागत वाद्य सारंगी मा मनीष गन्धर्वको मन छुने साथले गीतलाई अझ सशक्त बनाएको छ। गीतको मिक्सिङ र मास्टरिङ दिवास गुरुङले गरेका हुन्।
गीतको भिडियो पक्ष पनि उत्तिकै सशक्त देखिन्छ। कुशल जोशीको निर्देशनमा तयार गरिएको भिडियोमा सज्जन राज वैद्यासँगै तमन्ना भट्टराईको अभिनय देख्न सकिन्छ।

Add comment