5
(2)

हिमाल जस्तै निश्चल मनको रेशम ।

आकाश जस्तै विशाल हृदयको रेशम ।

हावा सँगै वहकिँदै ,बादलसँगै लुकामारी खेल्नी रेशम ।

याद, सम्झनाहरुमा .. देउराली बसी चरीसँग दोहोरी गाउनी रेशम ।

बेला बेला मै जस्तै लाग्नी मै जस्तै देखिने रेशम ।

लोकप्रिय गायक प्रकाश दुतराज र मेलिना राईको आवाजमा सजिएको नयाँ नेपाली गीत “रेशम” को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। गीतले एक गोठालोको प्रेमकथालाई चित्रण गर्छ, जसले दुर्गम पहाडमा आफ्नो प्रेमीलाई सम्झदै समय बिताउँछ।

यो गीत रसुवाको आमाछोदिङमो गाउँपालिकामा अवस्थित ४२०० मिटर उचाइमा रहेको रूबी भ्यालीमा छायांकन गरिएको हो। त्यहाँका तामाङ, घले, गुरुङ, नेवार समुदायहरूको जीवनशैली र प्राकृतिक सुन्दरतालाई भिडियोमा प्रस्तुत गरिएको छ। छायांकन स्थलमा पुग्नका लागि काठमाडौं–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी हुँदै घातलाङ र सोमडाङको मार्गलाई पछ्याउनु पर्नेछ।

गीतमा प्रकाश दुतराज र मेलिना राईको सुमधुर स्वर, प्रकाश दुतराजकै शब्द र संगीत, साथै बीबी अनुरागीको संगीत संयोजनले गीतलाई सजीव बनाएको छ। मादलमा खड्का बुढा मगर र पोषण घर्ती मगर, बाँसुरीमा रत्न बि.के. र सारङ्गीमा धर्म गन्धर्वले सुरिलो धुन भरेका छन्।

गीतको भिडियो मौसम हिमालीले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने मुख्य कलाकारमा प्रकाश दुतराज र बिमला लिम्बु रहेका छन्। भिडियोको छायांकन अनिल के. मानन्धरले गरेका हुन् र सम्पादन तथा रंग संयोजन नविन घर्ती मगरले गरेका हुन्।

गीतले लोक संगीतप्रेमी दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply