4
(1)

नेपाली सिनेमा ‘तेल भिसा’ को नयाँ गीत ‘हरि नाम झैं’ यूट्युबमा सार्वजनिक भएको छ। निसान भट्टराई र समीरा थपलियाको सुमधुर आवाजमा सजिएको यो गीतले श्रोताहरूलाई मुग्ध पार्दैछ। कल्यान सिंहको संगीत र हर्क साउदको शब्दमा आधारित यस गीतमा दीक्षित पौडेलको संगीत संयोजन, पुरस्कार खड्काको गिटार, रत्न बीकेको बाँसुरी, र हेमन्त कान्छा रसाईलीको सारंगीमा साथ दिएका छन्।

चलचित्र ‘तेल भिसा’मा विपिन कार्की, वर्षा राउत, पूजा चन्द, रिचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सिस शर्मन, ज्याक बेल, र सुचित्रा उप्रेतीको अभिनय देख्न सकिनेछ। शंकर घिमिरेको लेखन र निर्देशनमा निर्मित यो चलचित्र मंसिर ७, २०८१ (नोभेम्बर २२, २०२४) मा रिलिज हुँदैछ।

YouTube लिंक: https://youtu.be/hLg4dZ1k3pc

Average rating 4 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply