5
(1)

नेपाली चलचित्र “एक्टर: टेक वन” को नयाँ गीत “के भरोसा गरम्” सार्वजनिक गरिएको छ। छोटो समयमै यो गीतले लाखौं भ्युज पाउन सफल भएको छ।

गीतमा स्वर दिएका छन् हरक्युलस बस्नेत र इन्दिरा जोशीले। गीतको शब्द रचना उर्मिला गुरुङ ले गरेकी हुन् भने संगीत हरक्युलस बस्नेत को रहेको छ। निश्चल भण्डारी ले मिक्सिङ गरेको यो गीत म्युजिक क्लाउड स्टुडियो, कमलादी मा तयार गरिएको हो।

“एक्टर: टेक वन” चलचित्र माघ १६ (जनवरी २९) मा देशभरका हलहरूमा प्रदर्शन हुने तयारीमा छ। चलचित्रमा प्रदीप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, सुसिल सिटौला, र उषा रजक लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रलाई थम्मन कुमार भण्डारी ले निर्माण गरेका हुन् भने निर्देशन राजन भुषाल ले गरेका हुन्। चलचित्रको कथा आकाश बराल र राजन भुषाल ले लेखेका हुन्।

“के भरोसा गरम्” गीतले सार्वजनिक भएसँगै दर्शकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। गीतको बोलले सकारात्मक सन्देश दिनुका साथै चलचित्रप्रतिको प्रतीक्षालाई अझ बढाएको छ। नेपाली चलचित्र संगीतमा यो गीतले नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply