चर्चित नेपाली गायिका एलिना चौहानको व्यक्तिगत जीवनको घटना सम्बन्ध बिच्छेदको अदालती कागजातहरु समाचारहरुमा बाहिरिएपछि उनले निजी विषयलाई बाहिरी मजाक नबनाउन टिकटक मार्फ़त अपील गरेकी छन्। रोचक कुरा उनको टिकटक पोस्ट पूर्व श्रीमान विष्णु सापकोटाले समेत रिपोस्ट गरेका छन्।
१८ घण्टा को समय भित्र गायिका एलिना चौहानको टिकटक पोस्ट सात मिलियन पटक हेरिएको छ भने सात लाख लाइक र ३० हजार कमेन्ट आएको छ। उनको पोस्ट पूर्व श्रीमान् विष्णु सापकोटा ले समेत रिपोस्ट गरेको भनेर लेखिएको कमेन्टमा समेत धेरैले कमेन्ट गरेका छन्। मुख्यरूपमा पूर्व श्रीमान् विष्णुसँग मनमुटाव रहेकोले सहमतिमा छुट्टिने निर्णय लिएको उनले बताइन। एक वर्षको छोटो समयमा उनको जीवनमा घटेको यो घटनामा आफ्ना माता-पिता ले दिएको साथलाई उनले खुला प्रशंसा समेत गरेकी छिन्।
अदालतको कागजात समाचारहरूमामा आएको बारे निकै असन्तुष्ट हुँदै उनले भनिन- “निजी जीवनको गोपनीयता बारे समेत मिडिया संवेदनशील नहुदा दुखी छु। यसलाई कमाइ खाने भाडो नबनाउनुहोस्।”
समाचार
Add comment