0
(0)

नेपाली चलचित्र ‘मैझारो’को आधिकारिक गीत ‘साकेला नचौँ’ सार्वजनिक भएको छ। युट्युबमा रिलिज गरिएको गीतमा राजेशपायल राई र मेलिना राईको स्वर, पदम साधना कुलुङको शब्द र तोरेम्पा हाङको संगीत रहेको छ। गीतले किराँत समुदायको साकेला नृत्य र सांस्कृतिक एकताको भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। भिडियोमा दयाहाङ राई, धिरज मगर, मिरुना मगर लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

यसैबीच, चलचित्र विकास बोर्डले तिहारमा रिलिज भएका नेपाली फिल्महरूको ग्रस कलेक्सन सार्वजनिक गरेको छ। बोर्डको तथ्यांकअनुसार, कात्तिक ७ गते रिलिज भएको ‘मैझारो’ एक करोड क्लबमा प्रवेश गर्दै १ करोड ९५ हजार रूपैयाँ ग्रस कमाइ गरेको छ। शनिबारसम्म फिल्मका ३३ हजार ९ सयभन्दा बढी टिकट बिक्री भएका छन्। प्रदर्शनमा रहेको ‘मैझारो’ले व्यावसायिक रूपमा ठूला सफलता हासिल गर्न नसके पनि, यसको सांस्कृतिक विषयवस्तु र मौलिक गीत–संगीतले दर्शकमाझ राम्रो चर्चा पाइरहेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply