फिल्म ‘परान’ले रिलिज भएको केही दिनमै दर्शकहरूमाझ चर्चा बटुल्न सफल भएको छ, र बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै हलहरूले यसको शो संख्या दोगुना पुर्याएका छन्, सुरुका दिनमा अपेक्षाअनुसार व्यापार नभए पनि दर्शक उपस्थिति लगातार बढ्दै गएको छ।
दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको यो चलचित्रमा नीर शाह, महेश त्रिपाठी, प्रवीण खतिवडा, अञ्जना बराइली, केकी अधिकारी, पूजा चन्द, मदनकृष्ण श्रेष्ठ, बुद्धि तामाङ, यमन श्रेष्ठ र बबिन राई जस्ता कलाकारहरूको अभिनय देख्न सकिन्छ।
फिल्मको आधिकारिक शीर्षक गीत ‘ख्याल गरी साचौला’ले पनि दर्शक र संगीतप्रेमीहरूबीच उत्साह थपेको छ ! गीतमा पुष्पन प्रधानको स्वर, दीपकप्रसाद आचार्यको लिरिक्स र रिदम कंडेलको संगीतले फिल्मको भावनात्मक र मनोरञ्जनात्मक पक्षलाई अझ प्रभावकारी बनाएको छ।
