माघ २५ (फेब्रुअरी ७, २०२५) बाट सिनेमा हलहरूमा प्रदर्शन हुने नेपाली चलचित्र “ममी” को गीत “म त यस्तै नक्कली, म त उसै नक्कली” सार्वजनिक सार्वजनिक भएसँगै चर्चामा छ। समीक्षा अधिकारी र विज्ञानि पराजुली को सुमधुर स्वरमा सजिएको यो गीत हर्क साउद द्वारा रचित छ भने एस.डी. योगी ले संगीत भरेका छन्। गीतलाई रिकेश गुरुङ (किज) ले एरेन्ज गरेका हुन्, जसले गीतलाई थप आकर्षक बनाएको छ।
प्रियंका कार्की, दिया मास्के लगायतका कलाकारहरू को दमदार प्रस्तुति रहेको गीतमा विक्रम स्वर को कोरियोग्राफी झन् आकर्षक देखिन्छ। गीतको छायांकन निसल पौडेल ले गरेका छन् भने सम्पादन टेकिन्द्र शाह द्वारा गरिएको छ। गायक, संगीतकार, र कलाकारहरूको मेहनतका कारण यो गीत अहिले चर्चामा छ।
समर निरौला द्वारा निर्देशित यो फिल्ममा प्रियंका कार्की, सुलक्षण भारती, दिया मास्के, समीप निरौला, आयुषी ढकाल, गीत बिष्ट जस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ। फिल्मको कथा पूर्णिमा जोशी र समर निरौलाले लेखेका हुन्।