5
(1)

काठमाडौं — लोकप्रिय गायक तथा संगीतकार सुशान्त केसीले आफ्नो नयाँ गीत ‘एस्तै रैछ ’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

‘एस्तै रैछ’ प्रेम, स्मृति र बिछोडको गहिरो कथामा आधारित गीत हो। “ब्रह्माण्डले मेटाउन खोजे पनि प्रेम छोड्न नमान्ने एक पुरुष” को भावनात्मक संघर्ष गीत र भिडियोमार्फत प्रस्तुत गरिएको छ। कसैका लागि बिस्तारै मेटिँदै जाने सम्झना अर्काका लागि जीवनभर बाँकी रहने—यही द्वन्द्वले गीतलाई अझ प्रभावशाली बनाएको छ।

गीतको लेखन, संगीत र निर्माण स्वयं सुशान्त केसीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ सस्वत श्रेष्ठले गरेका छन्। म्युजिक भिडियोको लेखन तथा निर्देशन कलानी ग्याकनले गरेका छन्। भिडियोमा सुशान्त केसी र थिन्ले लामोको सशक्त अभिनय देख्न सकिन्छ, जसले कथालाई जीवन्त बनाएको छ। भिडियोको छायांकन चिन्तन राजभण्डारीले गरेका हुन्।

‘एस्तै रैछ’ सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शकका भावुक प्रतिक्रिया देखिएका छन्। धेरैले यसलाई “पुरानो भाइब फर्किएको”, “पूरै भावना” र “गीत मात्र होइन, अनुभूति” भनेर प्रतिक्रिया दिएका छन्। गीतका केही लाइनहरू अत्यन्तै रिलेटेबल भएको भन्दै दर्शकले आफ्ना व्यक्तिगत अनुभवसमेत साटिरहेका छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply