5
(1)

नेपाली हिपहप क्षेत्रका स्थापित र्‍यापर योद्धाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कथा’ सार्वजनिक गरेका छन्। यस गीतले छोटो समयमै दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ।

‘कथा’ गीतमा मानिसको संघर्ष, व्यक्तिगत वृद्धि र समाजमा देखिने अदृश्य लडाइँहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। गीतका मर्मस्पर्शी शब्दहरू जस्तै: “बिस्तारै जिन्दगी बुझ्न थालेँ,” र “शरीर त मरेर जान्छ, अमर रहने मात्र हो सम्झना,” ले धेरै श्रोताको मन छोएको छ। योद्धा आफैँले निर्माण गरेको यस गीतमा स्पार्क र ब्लुजको संगीत संयोजन रहेको छ।

विशेष गरी यस गीतमा नेपाली परम्परागत वाद्यवादन सारंगीका साथै सेलो र भायोलिनको अर्केस्ट्रा प्रयोग गरिएको छ, जसले र्‍याप विधालाई नयाँ उचाइ दिएको छ। सारंगीमा हेमन्त रसाइली, सेलोमा निषाद श्रेष्ठ र भायोलिनमा रोमन श्रेष्ठको प्रस्तुति सुन्न सकिन्छ। गीतको दृश्यमा पनि निकै मिहिनेत गरिएको छ, जहाँ योद्धाको जीवन यात्रा र भोगाइलाई गहिरो दृश्यमार्फत चित्रण गरिएको छ।

गीत सार्वजनिक भएको केही दिनमै युट्युबमा २ लाख ६६ हजारभन्दा बढी पटक हेरिएको छ भने हजारौँ सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन्। श्रोताहरूले यो गीतलाई ‘वास्तविक हिपहप’ को संज्ञा दिएका छन्। योद्धाका हाल युट्युबमा ३ लाख ४५ हजारभन्दा बढी सब्स्क्राइबर्स रहेका छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply