0
(0)

सुपरहिट नेपाली फिल्म ‘ऊनको स्वीटर’ अहिले भारतभरका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ र दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। दार्जिलिङ र सिलिगुडीका १४ हलमा चलिरहेको यो फिल्मले नेपाली भाषी समुदायबीच राम्रो चर्चा बटुलेको छ।

सिक्किमको राजधानी गान्तोकमा भएको भव्य प्रिमियरपछि फिल्मले राम्रो वर्ड–ऑफ–माउथ पाएको छ। स्थानीय दर्शक, कलाकार र प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिले फिल्मप्रति बढ्दो रुचि झनै स्पष्ट भएको छ। कलाकार विपिन कार्की, गायक सुजन चापागाईँ र निर्देशक नवीन चौहान अहिले विभिन्न शहरका हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको टोलीमा छन्।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.