आराम्भ प्रोडक्सन द्वारा निर्माण गरिएको चलचित्र “माग्ने राजा” आगामी भदौ ०६ (२२ अगस्ट २०२५) देखि देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ। चलचित्रको निर्देशन ऋषि लामिछाने ले गरेका हुन् भने निर्माणमा मधुसुदन शर्मा, पटकथा लेखनमा समिप्य राज तिमल्सिना, र छायांकनमा नरेन्द्र मैनाली रहेका छन्।
नेपाली चलचित्र “माग्ने राजा” को बहुप्रतीक्षित गीत ‘त्यो मीठो जोवन’ सार्वजनिक भएको छ। गायिका रचना रिमाल र गायक सबिन सुबेदी को स्वरमा रहेको यो गीतले रिलिज भएसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ।
चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), वर्षा शिवाकोटी, विल्सन विक्रम राई, शिशिर बङ्ग्देल, शारदा गिरी, राधिका कँडेल, र मिस पाबी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
गीतमा दिपक शर्माको शब्द र संगीत, साथै नरेन्द्र बियोगीको अरेञ्ज सुन्न सकिन्छ। आधुनिक धुनमा ढालिएको यो रोमान्टिक गीतले दर्शकलाई नेपाली मौलिकताको झल्को दिने प्रयास गरेको छ।
Add comment