नेपाली चलचित्र ‘होस्टेल ३’ युट्युबमार्फत सार्वजनिक भएको छ। बुढा सुब्बा डिजिटल ले सार्वजनिक गरेको उक्त चलचित्रले रिलिजसँगै दर्शकमाझ उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ। यो चलचित्रले छोटो समयमै ६० लाखभन्दा बढी ‘भ्युज’ बटुल्दै युट्युबमा लोकप्रियता हासिल गरेको छ।
विशेषगरी युवा पुस्तामाझ चलचित्रको राम्रो चर्चा भइरहेको देखिन्छ। चलचित्रमा पारस बम ठकुरी (कुल ब्वाइ), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिमरन पन्त र हेना नगरकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ। कलाकारहरूको प्रस्तुतिलाई दर्शकले सकारात्मक रूपमा लिएका छन्।
चलचित्रको कथा तथा निर्देशन साशन कँडेलले गरेका हुन्। विद्यार्थी जीवन, मित्रता र भावनात्मक उतारचढावलाई समेटिएको कथाले दर्शकलाई आकर्षित गरेको छ। संगीत पक्षमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको योगदान रहेको छ। चलचित्रका “रक अन” र “माया नाटक रहेछ” जस्ता गीतहरू पनि दर्शकमाझ रुचाइएका छन्।

Add comment