5
(1)

नेपाली चलचित्र जगतका दुई हस्ती दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘हात्तीछाप’ आधिकारिक रूपमा ओएसआर मुभिजको युट्युब च्यानलमा सार्वजनिक भएको छ।

सिमोस सुनुवारको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ र सौगातसँगै उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल र विल्सन विक्रम राई जस्ता प्रभावशाली कलाकारहरूको अभिनय रहेको छ। प्रदीप भारद्वाजको लेखन रहेको ‘हात्तीछाप’ ले सामाजिक र मनोरञ्जनात्मक कथावस्तुलाई सन्तुलित रूपमा प्रस्तुत गरेको छ। युट्युबमा प्रिमियर भएको छोटो समयमै यसले १० लाखभन्दा बढी भ्यूज र हजारौँ सकारात्मक प्रतिक्रिया प्राप्त गरिसकेको छ।

विशेषगरी सौगात मल्लको अभिनय र दयाहाङ राईको स्वभाविक प्रस्तुतिलाई दर्शकले निकै रुचाएका छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply