5
(1)

नेपाली चलचित्र जगतमा लामो समयदेखि निकै प्रतीक्षा गरिएको फिल्म ‘एक्लो–I’ को ट्रेलर सार्वजनिक भएसँगै यसले दर्शकमाझ एउटा छुट्टै कौतुहलता र उत्साह जगाएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस ट्रेलरलाई दर्शकहरूले निकै रुचाएका छन्, केही दिनमै यसले १० लाखभन्दा बढी ‘भ्युज’ बटुल्न सफल भएको छ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र आगामी नयाँ वर्षको अवसर पारेर पुष १७, २०८२ (१ जनवरी २०२६) देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।

बहुचर्चित अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा देखिनुभएको यस चलचित्रमा विजय लामा, बेनिशा हमाल, कविता नेपाली, जेमी बेकन, सुरज सिंह ठकुरी, एभन राज उप्रेती, दिया पुन, सुनिल थापा र दिनेश डीसी जस्ता अनुभवी कलाकारहरूको सशक्त अभिनय रहेको छ। साथै, बाल कलाकारका रूपमा जेमिन श्रेष्ठ र स्योन सविक सिंहको पनि अभिनय देख्न सकिनेछ।

बाबु श्रेष्ठको सुन्दर छायांकन र रुपेश गुरुङको सम्पादन रहेको यस फिल्ममा रोहित शाक्यको संगीत र स्वप्निल शर्माका सुमधुर गीतहरू समावेश छन्। फिल्मको एक्सन पक्षलाई राजु तामाङले सम्हाल्नुभएको छ भने सन्तोष लामाको कला निर्देशन र अन्तर्राष्ट्रिय कलाकारहरू भ्लादिमिर तोसेभ्स्की र ब्रान्को काराकासको भिजुअल इफेक्ट्स ले चलचित्रलाई थप उत्कृष्ट र विश्वस्तरीय बनाएको अपेक्षा गरिएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply