0
(0)

नेपाली चलचित्र क्षेत्रका प्रभावशाली अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुन स्टारर चलचित्र ‘दयारानी’ युट्युबमा सार्वजनिक भएको छ। सन् २०२५ को अन्त्यतिर हलमा प्रदर्शन भएको यो चलचित्रलाई हालै आधिकारिक युट्युब च्यानलमार्फत विश्वभरका दर्शकका लागि उपलब्ध गराइएको हो।

माओत्से गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रले सार्वजनिक भएको छोटो समयमै युट्युबमा ५० लाखभन्दा बढी ‘भ्यूज’ पाइसकेको छ। चलचित्रमा दयाहाङ र दियाका साथै विजय बराल, श्रीषा कुँवर र प्रमिश गुरुङको मुख्य भूमिका रहेको छ भने कलाकार बुद्धि तामाङ विशेष भूमिकामा देखिएका छन्।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply