धरान– धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले ओझेलमा परेको शिवजट्टा क्षेत्रलाई जनमानसमा ल्याउन सक्रिय भएका छन्। सुनसरीको धरान–४ मा पर्ने शिवजट्टा सेउती खोलाको शिरमा अवस्थित छ, जहाँ झरनाबाट निरन्तर पानी बग्ने गर्दछ। यही झरनालाई शिवजट्टा झरना भनिन्छ।

किम्बदन्तीअनुसार, यस स्थानमा सतिदेवीको अङ्गपतन भइसकेपछि भगवान शिवले आफ्नो जटा फिजाएर स्नान गरेका थिए। त्यसै कारण यस स्थानको धार्मिक महत्व रहेको मानिन्छ।
यही महत्वलाई उजागर गर्दै धरान ३ का स्थानीय मोहन श्रेष्ठ पनि यस अभियानमा जुटेका छन्। उनी “भारतका तीर्थधाम भन्दा नजिकको पिण्डेश्वर धामको महत्व उच्च छ, त्यसलाई हेला गर्नु हुँदैन” भन्ने विचारका अभियन्ता हुन्। उनी सप्तकोसीबाट जल ल्याई पिण्डेश्वरमा चढाउने अभियानका पनि अगुवा रहिसकेका छन्।
सुरुवाती चरणमा १० जनाबाट थालिएको अभियान अहिले तेस्रो हप्तासम्म आइपुग्दा स्थानीय प्रशासनिक अधिकृतसम्म सक्रिय भएका छन्। सोमबार पनि टोली शिवजट्टा क्षेत्रतर्फ जाने तयारीमा छ। यसबीच, स्थानीय बुद्धिजीवी तथा धार्मिक व्यक्तित्वहरू पनि अभियानमा जुटिरहेका छन्।
धरान उपमहानगर पालिका प्रसासनिक अधिकृत अम्बिका चौलागाईं पनि अभियानसँग सक्रिय भएका छन्। सुरुवाती चरणमा १० जनाबाट थालिएको अभियानमा अहिले स्थानीय बुद्धिजीवी तथा धार्मिक व्यक्तित्वहरूका साथै शिवजट्टा समाजको अध्यक्ष मौसम गुरूङले पनि ठुलो साथ दिएका छन्।
त्यसैगरी, स्थानीय बुद्धिजीवी र धार्मिक व्यक्तित्व ईन्जिनियर विकास बस्यालले त्यहाँ शिव मन्दिर स्थापना गरिसकेका छन्। हाल त्यहाँको कच्ची सागुरो सडक वर्षाले जिर्ण भएको छ। वडाध्यक्ष काफ्लेका अनुसार, सडक र संरचनाको विकास भएमा धार्मिक पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्नेछ।
आगामी महाशिवरात्रिमा शिवजट्टा क्षेत्रमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको जानकारी वडाध्यक्ष काफ्लेले दिएका छन्।
Add comment