“पारी पारी आएका ढाका टोपी लगाएका, तिनै होलान हाम्रा बाबा लिन आएका” “यो गीत टिकटकमा भाइरल भयो। गायिका लक्ष्मी मल्लको स्वरमा सजिएको नयाँ तीज गीत “तीजका गीत कस्ता हुन्छन् सुन” युट्युबमा अत्यधिक लोकप्रिय बनेको छ। श्रावण १९ गते सार्वजनिक भएको यस गीतलाई छोटै समयमा नै झण्डै १ करोड दर्शकले हेरेका छन्।
गीतलाई श्रीकृष्ण बम मल्लले लेखेका हुन् भने सङ्गीत संयोजन रामेश सेन्टुरीले गरेका हुन्। भिडियोमा मिथिला शर्मा, करिश्मा ढकाल, मेलिना शाह र एरोना मल्लको दमदार अभिनय देख्न सकिन्छ।गीतलाई निर्देशन शंकर बीसीले गरेका हुन् भने छायाङ्कन दुर्गा पौडेलको टिमले सम्भालेको छ। सम्पादन तथा रंग संयोजन मिलन विश्वकर्माले गरेका छन्।
यस वर्षको तीजको मुख्य गीतको रूपमा यो गीतले दर्शकको मन जितेको छ।
Add comment