5
(1)

चर्चित नेपाली र्‍यापर योद्दाले हालै सार्वजनिक गर्नुभएको नयाँ गीत ‘अग्निपथ’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह प्रति गरिएको विशेष सम्मानका कारण चर्चा बटुलेको छ।

छोटो समयमै भिडियो आठ लाखभन्दा बढी पटक हेरियो ।

भिडियोमा मेयर बालेनको भिजुअल इफेक्ट प्रविधिबाट तयार पारिएको तस्बिर/मूर्ति समावेश गरिएको छ, जसले मेयरको कामप्रतिको सम्मान दर्शाएको छ।

गीत रिलिज भएपछि मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै योद्दालाई धन्यवाद दिएका छन्। युट्युबमा उनले कमेन्ट गरेका छन्:
“तपाईंका लागि शब्द छैनन् भाइ। योद्दाको जय होस् 🙂 जीवित हुँदै यस्तो सम्मान दिनुभएकोमा मेरो जीवन सफल भयो :)”

यो प्रतिक्रियाले दुई जनाबीचको गहिरो सम्मान र सुमधुर सम्बन्धलाई प्रष्ट पारेको छ।

साथै, मेयर बालेनले आफ्नो आधिकारिक फेसबुक पेजमा पनि प्रतिक्रिया व्यक्त गर्दै लेखेका छन्:
“प्रिय योद्दा, मलाई थाह छैन म यो सम्मानको लायक थिएँ कि थिएन, हजुरको मायाको लागी आजिवन आभारी रहने छु!”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply