गायक जीवन थापा मगरको नयाँ गीत ‘परदेश रहेछ जाली आमा’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। ऋतु थापा मगरको प्रस्तुतिमा आएको यस गीतले प्रवासको पीडा र आमाप्रतिको अगाध प्रेमलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
गीतमा जीवन थापा मगरकै शब्द र संगीत रहेको छ। कमल कार्कीको अडियो सपोर्ट रहेको यस प्रोजेक्टमा अभिनय पनि सशक्त देखिन्छ। मुख्य कलाकारहरूमा ऋतु थापा मगर, दीपा थापा मगर, मनोज भण्डारी, मनोज क्षेत्री र तेजेन्द्र भण्डारीले जीवन्त अभिनय गरेका छन्। विशेषगरी परदेशमा भोग्नुपरेका दुःख र संघर्षलाई कलात्मक तरिकाले देखाइएको छ।
तेजेन्द्र भण्डारीको कथा र निर्देशन तथा मनोज भण्डारीको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन र कलर गरेका हुन्।

Add comment