नेपाली हिपहप तथा पप संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ‘हुक्के’ ले आफ्नो नयाँ सांगीतिक प्रस्तुति ‘ मैच्याङ’ सार्वजनिक गरेका छन्। यसै साता प्रिमियर गरिएको यस गीतले छोटो समयमै युट्युबमा ६ लाख भन्दा बढी भ्युज बटुल्दै संगीत प्रेमीहरूको मन जित्न सफल भएको छ।
भिडियोमा चर्चित मोडल बेबोको आकर्षक र दमदार अभिनय देख्न सकिन्छ। भिडियोलाई सुबिन चौहानले कोरियोग्राफी गरेका हुन् भने नृत्यमा आरती श्रेष्ठ र मञ्जली राजवंशीले साथ दिएका छन्।
नयाँ शैलीको संगीत र उच्च स्तरको भिडियो मेकिङका कारण ‘मैच्याङ’ले युवा पुस्तामाझ निकै चर्चा कमाइरहेको छ।

Add comment