5
(1)

नेपाली संगीत र राजनीतिको नयाँ मोडलाई प्रतिनिधित्व गर्दै ‘लेखौँ भविष्य’ बोलको गीतले डिजिटल प्लेटफर्ममा तहल्का मच्चाएको छ। जयन जे वाइबा, निश्चल बस्नेत, रोशन थापा र मिस्टर डी को संयुक्त स्वरमा सजिएको यो गीत सार्वजनिक भएको छोटो समयमै १८ लाखभन्दा बढी भ्युज बटुल्दै युट्युबको ट्रेन्डिङमा छाएको छ।

“लेखौँ भविष्य” भन्ने मूल नारा बोकेको यस गीतले युवाहरूलाई आत्मनिर्भर बन्न र राष्ट्र निर्माणमा जुट्न कडा सन्देश दिएको छ। गीतको समय सान्दर्भिकता झनै विशेष देखिएको छ। हालैको निर्वाचनमा बालेन शाहको ऐतिहासिक जित र यसै साता उनले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने तयारी गरिरहँदा, यो गीतलाई उनीप्रति समर्पित ‘परिवर्तनको एन्थम’ मानिएको छ।

जयन जे वाइबाको संगीत र निश्चल बस्नेतको सम्पादनमा तयार पारिएको यो भिडियोले संगीत मात्र नभई एउटा बलियो राजनीतिक र सामाजिक चेतना प्रवाह गरेको छ। देशमा देखिएको राजनीतिक फेरबदल र युवा नेतृत्वको आगमनलाई यस गीतले कलात्मक रूपमा सेलिब्रेट गरेको देखिन्छ।

बालेन शाहसँगको एउटा रमाइलो संवाद सामाजिक सञ्जालमा सेयर गर्दै निश्चल बस्नेतले लेख्छन्:

बधाई छ प्रधानमन्त्री ज्यू !

बालेन: तपाईँलाई चाहिँ बधाई छ, म त अब ५ वर्ष दलिएर काम गर्नुपर्ने छ ।

बालेनको यो कसिलो जवाफ सुनेपछि निश्चल भन्छन्— “यति सुनेपछि म मस्त सुतें।”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.