5
(1)

चर्चित हिपहप कलाकार एसटी म्यानको नयाँ गीत ‘काली काली’ युट्युबमा सार्वजनिक भएसँगै तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। यस गीतले छोटो समयमै ३२ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ।

यंग २२ र बिग नर्जासँगको सहकार्यमा तयार भएको यो गीतमा हिन्दी कोरस, नेपाली लोक धुन र आधुनिक र्‍यापको आकर्षक फ्युजन प्रस्तुत गरिएको छ।

गीतको चर्चित कोरस — “काली काली कातिल नजर, न देख मुझे ऐसे, खोया खोया रहता हूँ, तेरे यादों में बैठे” — अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। साथै, “लाइ बरी लाइ, माया छ है दिल भरी नै” जस्ता नेपाली लाइनहरूले पनि दर्शकको मन जितेका छन्।

भिडियोमा ग्रामीण संस्कृति र आधुनिक जीवनशैलीको मिश्रण देख्न सकिन्छ, जसले गीतलाई थप आकर्षक बनाएको छ। टिकटकमा समेत यो गीत ट्रेन्डिङमा रहँदै युवा पुस्तामाझ लोकप्रिय बनिरहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply