5
(1)

लोकप्रिय गायक तथा संगीतकार दुर्गेश थापाको नयाँ गीत “जाने भए जाम माया” ले युट्युबमा विश्वव्यापी तहल्का मच्चाउँदै ग्लोबल म्युजिक ट्रेन्डिङको अठारौँ (#१८) स्थान हासिल गर्न सफल भएको छ। गीतले सार्वजनिक भएको केही दिनमै ३४ लाखभन्दा बढी पटक हेरिएको छ।

साउन २५ मा सार्वजनिक गरिएको गीतमा दुर्गेश थापासँगै चर्चित युट्युबर सिसन वानियाँ, मोडल गुराँश नानी, तथा विदेशी कलाकार अल्हाजी गेर को अभिनय पनि देख्न सकिन्छ।

गुराँश नानी सामाजिक सञ्जालमा लोकप्रिय अनुहार हुन्, जो टिकटकमा आफ्ना आकर्षक प्रस्तुतिहरूका कारण चर्चामा आएकी हुन्। सामाजिक सञ्जालमार्फत पहिचान बनाएकी गुराँश नानीको यो पहिलो ठूलो संगीत भिडियो हो, जसले उनलाई मुख्यधारको मिडियामा थप स्थापित गराएको छ। उनको वास्तविक नाम ग्रिष्मा राई हो।

गीतको शब्द, संगीत, एरेञ्ज र प्रोग्रामिङ दुर्गेश थापाले आफैँ गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ बिमल छिनालले गरेका हुन्। डायनामिक स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा पोसन घर्ती मगर (मादल), समिर जैरु (सानाही), र सरोज बिष्ट (गिटार) को जीवन्त वादनले संगीतलाई अझ सशक्त बनाएको छ।

भिडियोमा निर्देशन तथा कोरियोग्राफी शिव बीकेको रहेको छ। छायांकन हरी हुमागाईं र टिमले गरेका छन् भने सम्पादन तथा रङ संयोजन मिलन विश्वकर्माले गरेका छन्। मधुर पौडेल, ध्रुव थापा, र सागर थापाले निर्माण व्यवस्थापन सम्हालेका छन् भने पोस्ट प्रोडक्सन ड्र्यागन पिक्चर्सले गरेको हो।

गायक दुर्गेश थापा, सिसन वानियाँ र अल्हाजी गेरोको आवाजमा सजिएको “जाने भए जाम माया” ले नेपाली गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको छ। ग्लोबल म्युजिक ट्रेन्डिङको अठारौँ स्थानमा नेपाली गीतको उपस्थिति सिङ्गो देशको लागि गर्वको कुरा हो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply