आगामी नेपाली चलचित्र बलिदान र जेरी अन द टप का टिजर सार्वजनिक भएका छन्। दुवै चलचित्र असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) रिलिज हुने तयारीमा छन्।
जेरी अन द टप को टिजर १६ लाख भ्युजसहित सार्वजनिक भएको छ। चलचित्रले युवा प्रेम र हल्का रोमान्स प्रस्तुत गर्दछ। मुख्य कलाकारहरूमा अनमोल केसी, आञ्चल शर्मा र जसित्ता गुरुङ छन्। निर्देशक सुयोग गुरुङ हुन्। बलिदान गम्भीर ऐक्सन र देशभक्तिमा केन्द्रित छ भने जेरी अन द टप युवा प्रेममा आधारित छ।
बलिदान को टिजर १७ लाख भ्युजसहित सार्वजनिक भएको छ। चलचित्रमा देशभक्ति, बलिदान र ऐक्सन प्रधान कथा प्रस्तुत गरिएको छ। समीर भट्ट, सौगात मल्ल, रीचा शर्मा र अर्पन थापाको अभिनयले दर्शकलाई आकर्षित बनाएको छ। निर्देशक सन्तोष सेन हुन्।
Add comment