दयाहाङ राई, ऋष्मा गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, माओत्से गुरुङजस्ता लोकप्रिय कलाकारहरूको मुख्य अभिनय रहेको नयाँ नेपाली चलचित्र ‘रिमै’ को अफिसियल टीजर सार्वजनिक गरिएको छ।
‘रिमै’ एस.एल. फिल्म्स प्रा.लि. र रोतेपिङ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र हो। चलचित्रको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने निर्देशनको जिम्मेवारी खिल बहादुर गुरुङले सम्हालेका छन्। चलचित्र २०८२ साल भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउने घोषणा गरिएको छ।
चलचित्रमा दयाहाङ राई, ऋष्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ।
संगीतकार दीपक शर्मा र थानेश्वर गौतमको संगीत संयोजन रहेको चलचित्रमा शब्द श्रवण मुकालुङ र दीपक शर्माको रहेको छ। चलचित्रको टीजरमा देखिएको दृश्य, संगीत र कलाकारहरूको अभिनयले भावनात्मक र सामाजिक सन्देश बोकेको कथा प्रस्तुत गर्ने संकेत दिएको छ।
चलचित्रका निर्माता तिका गुरुङ, जित यात्री गुरुङ र दून बहादुर घले हुन् भने कार्यकारी निर्माता बिरबल घले रहेका छन्।
Add comment