5
(1)

एक्सनले भरिपूर्ण फिल्म “१२ गाउँ” को फुलपातीको अवसरमा रिलिज हुने तयारी गरिएको छ। यो फिल्ममा बिराज भट्ट, सोनु चन्द्रपाल, दीया मास्के, र मुरलीधर जस्ता कलाकारहरूको अभिनय रहेको छ। नेपाली सिनेमा प्रेमीहरूका लागि असोज २४ गते अर्थात् दशैंको फूलपाती विशेष दिन हुने भएको छ, किनकि “ज्वाइँ साब” , “छक्का पन्जा ५” पनि सोही दिन रिलिज हुँदैछ। “१२ गाउँ” फिल्म अन्य दुई चलचित्रहरूसँगको प्रतिस्पर्धामा आउन चुनौतीपूर्ण हुने निश्चित छ। तर, यस फिल्मले फरक धारको एक्सनले भरिपूर्ण कथा प्रस्तुत गर्दै दर्शकहरूको चापलाई तानेमा सफलता पाउन सक्छ भन्ने अपेक्षा गरिएको छ।

अनमोल केसी अभिनित छ्ड्केलाई बाहिर धकेलेको थियो छ्क्का पन्जा ४ ले । के यो गती फेरी १२ गाउ तिर फर्केला त ? केहि भन्न सकिदैन्, दर्शकको रुची हास्य रस मा कायम रहेमा त्यो साचो ठहरेला पनि !

“१२ गाउँ”को प्रमुख गीत “सिनेमा हेर्न जाउ” हाल चर्चामा छ, जसमा नकश अजीज को स्वर रहेको छ। यस गीतका लागि अर्जुन पोखरेलले संगीत र लेखनको जिम्मेवारी सम्हालेका छन्।फिल्मको निर्देशन बिराज भट्ट ले गरेका छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply