नयाँ नेपाली गीत “मायालाई पानको पात” खेम सेन्चुरी र दीपिका बयाम्बु मगरको प्रस्तुतिमा सार्वजनिक भएको छ। गीतको भिडियोमा नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता पल शाह र लोकप्रिय कलाकार अञ्जना पुन मगरको अभिनय रहेको छ। उनीहरूले मायाको कथालाई जीवन्त बनाउँदै गीतलाई दर्शनीय बनाएका छन्। बाल कलाकार शान अधिकारी र उज्ज्वला तामाङले कथाको प्रवाहलाई थप प्रभावकारी बनाएका छन्।
“मायालाई पानको पात” गीतले ४१ लाखभन्दा बढी भ्यूज बटुल्न सफल यस गीतले दर्शक र श्रोताहरूको मन जित्दै ठूलो चर्चा पाएको छ। यो गीत खेम सेन्चुरीको स्वर र संगीतमा तयार गरिएको हो, जसलाई दीपिका बयाम्बु मगरको सहगायनले थप गहिरो बनाएको छ। गीतका शब्दहरू नेत्र अर्यालले लेखेका हुन्।
भिडियो निर्देशन र कोरियोग्राफी विक्रम चौहानले गरेका छन्, जसले गीतको कथालाई नृत्य र भावनात्मक सम्प्रेषणमार्फत उत्कृष्ट रूपमा प्रस्तुत गरेका छन्। सिनेमाटोग्राफी पवन सुस्लिङ र उनको टोलीले गरेका छन् भने भिडियो सम्पादन र कलर मिलन विश्वकर्माले गरेका छन्।
Add comment