काठमाडौं — लोकप्रिय गायक पशुपति शर्मा र गायिका प्रिय भण्डारीको नयाँ नेपाली गीत ‘कहिले आउने हो’ पशुपति शर्माको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर पशुपति शर्माले नै तयार गरेका हुन्। भिडियो निर्देशन र कोरियोग्राफी प्रकाश भट्ट, छायांकन करण चैसिर, सम्पादन र कलरिङ मनोज कार्कीले गरेका छन्।
गीतको भिडियोमा मुख्य कलाकारको रूपमा पशुपति शर्मा र प्रिय भण्डारी देखिएका छन्। यसले प्रेम र भावनात्मक सङ्गीतलाई प्रस्तुत गर्दै दर्शकलाई प्रभावित गरेको छ।

Add comment