5
(1)

नेपाली चलचित्र ‘ पीआर’ यस शुक्रबार देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने भएको छ।

शोभित बस्नेत निर्देशित यो चलचित्र ‘सलुन सलिना फिल्म्स’को प्रस्तुति हो।

अष्ट्रेलियामा अध्ययन तथा मोडलिङ गरिरहेका कलाकार सुरज पौडेलले ‘पीआर’ चलचित्रमार्फत नेपाली सिनेमा जगतमा प्रवेश गर्न लागेका छन्।

यो चलचित्रले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको यथार्थ कथालाई मुख्य विषय बनाएको छ। विदेशमा अध्ययनका लागि गएका नेपाली युवाहरूले त्यहाँ भोग्नुपर्ने संघर्ष, सपना र बाध्यताहरूलाई चलचित्रमा चित्रण गरिएको छ। ‘पीआर’ (PR – Permanent Residency) प्राप्त गर्ने प्रक्रियामा आउने उतारचढाव र व्यक्तिगत जीवनका चुनौतीहरू नै चलचित्रको मूल कथावस्तु हो।

फिल्म ‘पीआर’को प्रचार–प्रसारलाई अझ बलियो बनाउँदै हालै सार्वजनिक गरिएको म्यानस राज र समीक्षा अधिकारीको आवाजमा रहेको गीत ‘पीआरको चक्करले’ दर्शकमाझ निकै चर्चित बनेको छ। मनस राजकै शब्द र संगीतमा तयार भएको यो गीतलाई उदय राज पौडेलले साउन्ड प्रोड्युस गरेका हुन्, जसले समकालीन प्रेम, आकर्षण र युवा उमेरको भावनालाई आकर्षक ढङ्गले प्रस्तुत गर्छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply