5
(1)

काठमाडौं । नेपाली चलचित्र आ बाट आमा को आधिकारिक दुःखान्त गीत जाँदैछु नौडाँडा काटेर तिमीलाई एक्लै छाडेर सार्वजनिक भएको छ। युट्युब च्यानलमार्फत माघ १ मा प्रिमियर गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान आकर्षित गर्न सफल भएको छ।

सार्वजनिक भएको केही दिनमै गीतले युट्युबमा २८ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। गीतमा करण परियार र शान्ति श्री परियारको स्वर रहेको छ भने शब्द तथा संगीत अभि सुनारको रहेको छ। गीतले वियोग र भावनात्मक पीडालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको दर्शकको प्रतिक्रिया रहेको छ।

चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा बिपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त लगायतका कलाकारको अभिनय रहेको छ। साथै, यस चलचित्रमार्फत साइग्रेस पोखरेल र उषा उप्रेतीलाई मुख्य कलाकारका रूपमा प्रस्तुत गरिएको छ।

आर्या इन्टरटेनमेन्ट प्रा. लि. को ब्यानरमा निर्माण भएको चलचित्र आ बाट आमा माघ १५ बाट विश्वभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply