चर्चित गायिका विष्णु माझी र सर्जक–गायक राजन राज सिवाकोटीको नयाँ लोकदोहोरी गीत ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ। गीत गज्जब टिभीको युट्युब च्यानलमार्फत प्रिमियर गरिएको हो। गीत सार्वजनिक भएको केही दिनमै ६ लाख भन्दा बढी भ्युज पाउँदै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ। यस गीतमा राजन राज सिवाकोटीको शब्द र संगीत रहेको छ भने स्वर विष्णु माझी र राजन राज सिवाकोटीको रहेको छ।
भिडियोमा सुनिशा बजगाईं, जुना विश्वकर्मा र प्रभात पल ठाकुरीको अभिनय देख्न सकिन्छ। मौसम हिमालीको निर्देशन र पवन सुस्लिङको छायांकनले भिडियो पक्षलाई आकर्षक बनाएको छ।

Add comment