नेपाली संगीत क्षेत्रमा आधुनिक रक शैलीलाई नयाँ उचाइमा पुर्याउने प्रयास गर्दै चर्चित गायक सबिन राई र द फराओले आफ्नो नयाँ गीत “मलाई थाहा” को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
आधुनिक रक संगीत भनेको परम्परागत रक संगीतलाई नयाँ प्रविधि, प्रयोग र शैलीसँग जोडेर तयार गरिएको संगीत हो। यो शैलीमा कडा गिटार रिफ, सशक्त ड्रम बीट र जीवन्त भोकल्सले गीतलाई एकदमै जिवन्त बनाउँछ। सबिन राई र द फराओले पनि यस गीतमा यस्तै ताजा रकको भाव समेटेर युवा दर्शकलाई लक्षित गरेका छन्।
गीतको शब्दहरूमा मानवीय सम्बन्धको जटिलता, मनका भावनाहरू र कहिलेकाहीं हुने द्विविधालाई समेटिएको छ। गीतको मुख्य भाव “अ थाहा छ तिम्रो बानि बेहोरा, आफ्नो लागि स्वार्थि छौ .. तिम्रो नाडी छामि सके गर्नु पनि अत्ति गर्दिन्छ खिच्यो भने फिल्म नै बन्दिन्छ…” भन्ने पंक्तिले व्यक्तिगत स्वार्थ र सम्बन्धमा आउने दूरीलाई उजागर गर्छ।
सबिन राईका भोकलहरूमा नयाँ उर्जा र संवेदनशीलता देखिन्छ भने बिनोद लामा, जीवन लामा र जोन श्रेष्ठले ताल र रक गिटारमा मजबुती थपेका छन्। मिक्सिङ र मास्टरिङ स्टिभेन तामाङले गरेका छन् जसले गीतलाई प्राविधिक रूपमा पनि उत्कृष्ट बनाएको छ।
गायक सबिन राई र द फराओले आफ्नो नयाँ गीत “मलाई थाहा” को सफलता मनाउँदै आगामी अमेरिकी टूरमा पनि प्रदर्शन गर्ने तयारीमा छन्, जसअन्तर्गत उनीहरू सेप्टेम्बर ६ मा सिल्भर स्प्रिंग, एमडीको द फिलमोर सिल्भर स्प्रिंगमा कार्यक्रम गर्दैछन्। यसअघि जुलाई २५ मा डेनभर, अगस्ट ८ मा क्याम्ब्रिज र अगस्ट १५ मा अस्टिनमा पनि उनीहरूको कार्यक्रम तय छ, जसले नेपाली रक संगीतलाई विश्वभर फैलाउने लक्ष्यलाई अझ बलियो बनाउनेछ।
गीतका अंशहरू:
“अ थाहा छ तिम्रो बानि बेहोरा
आफ्नो लागि स्वार्थि छौ कति बेला बुझ्छु म पनि त्यो कुरा
अल्लारे हैन अब म बुझ्ने भैसके अल्मलाउन नखोज तिम्रो नाडी छामि सके
गर्नु पनि अत्ति गर्दिन्छ
खिच्यो भने फिल्म नै बन्दिन्छ
हितै को माया लाउने मन
जर्ति नलाइ सोरै आना को तन
दिदा पनि नहुने आजकल
कोशि नदि भन्दा ठुलेा मुहान फुटाई दिए
गर्नु पर्ने सबै कुरामा रिति पुराइ दिए
यति गर्दा त दुश्मन फक्किन्छन
फासि पनि सजाय माफ हुन्छन
गर्नु गरे जति सक्थे मैइले
तारा झार्नु बाहेक अरु सबै
आमा कस्सम हो अन्धो थिए म तिम्रै मायामा म बेस्मरि
कति कठोर मन हो तिम्रो त्यो मैले बुझिन
बनिदिएछु तिम्रै लागि म एउटा खेलाउना
बिडम्म्बना एस्तै भै दिन्छ
जति सम्झ्यो तेति मन दुख्छ …
अ थाहा छ तिम्रो बानि बेहोरा
आफ्नो लागि स्वार्थि छौ कति बेला बुझ्छु म पनि त्यो कुरा
अल्लारे हैन अब म बुझ्ने भैसके अल्मलाउन नखोज तिम्रो नाडी छामि सके
गर्नु पनि अत्ति गर्दिन्छ खिच्यो भने
फिल्म नै बन्दिन्छ”
Add comment