0
(0)

काठमाडौं — आगामी नेपाली चलचित्र ‘कुमारी’ को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक भएको छ। पुस १६ मा युट्युबमार्फत रिलिज भएको गीतले छोटो समयमै ३१ लाखभन्दा बढी भ्युज बटुलेर दर्शकको ध्यान खिचेको छ। लोक–आधुनिक शैलीको यस गीतमा केहर सिंह लिम्बुको स्वर रहेको छ। शब्द सागर लमिछाने मगर र सुमन तामाङले लेखेका हुन् भने संगीत सुमन तामाङ र केहर लिम्बुकै रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ रिकेश गुरुङले गरेका छन्।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी देखिएका छन्। ग्रामीण परिवेश र सरल प्रेमभावनालाई प्रस्तुत गरिएको भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ का निर्माता महेश्वर अधिकारी हुन्।


चलचित्र ‘कुमारी’ माघ २३, २०८२ (फेब्रुअरी ६, २०२६) देखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply