नेपाली चलचित्र बरिष्ठ बलराम को अफिसियल गीत ‘न्याउली बनमै’ सार्वजनिक गरिएको छ। गीतमा विजय बराल र समृद्धि अर्याल मुख्य भूमिकामा छन्।
गीतमा स्वर दिएका छन् शान्ति श्री परियार र प्रसान्त शिवाकोटी, संगीत निर्देशन प्रसान्त शिवाकोटी, अरन्जमेन्ट/मिक्सिङ देवेश राय ले गरेका छन्। गीतमा बाँसुरी, सारंगी, गिटार र ढोलकको संगीतमय मिश्रण छ, जसले दर्शकको मन जित्न सफल भएको छ।
चलचित्र बरिष्ठ बालराम सिनेमा हलमा हालै रिलिज भइसकेको छ। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ, पशुपति राई लगायतका कलाकार सहभागी छन्।

Add comment