5
(1)

काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युट्युबमार्फत सार्वजनिक हुने भएको छ। आर्टमाण्डु युट्युब च्यानलबाट यो फिल्म आज प्रिमियर हुँदैछ।

पूर्वी नेपालको पहाडी परिवेशमा आधारित यो चलचित्र एक संवेदनशील प्रेमकथामा केन्द्रित छ। कथाले परम्परागत ब्राह्मण परिवारका युवक धरणीधर ‘काफ्ले’ र गुरुङ समुदायकी युवती फूल बीचको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गर्छ।

फिल्ममा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुनील पोखरेल, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस र परीक्षा लिम्बु लगायत कलाकारको अभिनय देख्न सकिन्छ।

नविन चौहान को लेखन तथा निर्देशनमा बनेको यस चलचित्रको संगीत निर्देशन कोबिद बज्र ले गरेका छन्। फिल्मको संगीत नेपाली सांगीतिक स्वर्णयुगका गायक प्रेमध्वज प्रधान प्रति श्रद्धाञ्जलीस्वरूप प्रस्तुत गरिएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply