भुकम्प गएको साढे २ बर्ष वितिसक्यो । पुन निमार्ण भएका संरचनाको तथ्याङ हेर्ने हो भने दया लाग्दो छ । नीजि आवासका लागि सरकराले पुन निमार्ण प्राधिकरण मार्फत ३ किस्तामा ३ लाख उपबल्ध गराएको छ । तर विभिन्न कारण देखाउँदै दोस्रो किस्ता नपाउनेको संख्या पनि उत्तीकै छ । तर ललितपुरमा भने घरको नक्सा समेत नबनाएका भुकम्प पीडितलाई प्राधिरकणले १ लाख ५० हजार उपलब्ध गराएको छ । २०७२ सालको भुकम्पबाट ललितपुर महाकांल बुखेल १ का सरोज शर्मा घिमिरेको घर बस्न नमील्ने अवस्थामा पुगेको थियो । उनको नाम लाभग्राही सुचीमा सुचीकृत भएपछी घर निमार्णको लागि पहिलो किस्ता पनि लिए तर घर भने बनाएका छैनन् । अच्चम के भयो भने केहि दिन अघि उनको नाममा दोस्रो किस्ता स्वरुप १ लाख ५० हजारको चेक हात प¥यो ।

कमेन्ट लेख्नुहोस