Kantipur Samachar | कान्तिपुर समाचार, २८ माघ २०७४

आजको मुख्य समाचार :

* प्रदेश नम्वर तीनको मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त, प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेललार्इ वाम गठबन्धनको प्रस्ताव, चारमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्दै ।

* फागुनभित्र माओवादी केन्द्रसँग पार्टी एकता गर्ने एमालेको निर्णय, माओवादी अध्यक्ष भन्नुहुन्छ- राष्ट्र र जनताको आवश्यकता अनुसार जस्तोसुकै निर्णय लिन तयार छु ।

* नि:शुल्क वितरण हुने औषधीको देशैभर अभाव, स्थानीय तह र स्वास्थ्य मन्त्रालयबीच समन्वय नहुँदा खरिद प्रकृया अघि बढेन, बिरामी नीजि स्वास्थ्य संस्था धाउँदै ।

* मस्कोबाट ओर्स्कतर्फ गइरहेको रुसी विमान दुर्घटना, विमानमा रहेका सबै ७१ जनाको मृत्यु भएको आशंका ।

* आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा युएइद्वारा नेपाललाई १ सय १५ रनको चुनौति, नेपाल जवाफी ब्याटिङमा ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस