Kantipur Samachar | कान्तिपुर समाचार, १६ फागुन २०७४

आजको मुख्य समाचार :

* वाम गठबन्धन र संघीय समाजवादी फोरमबिच सिंहदरवारमा वार्ता जारी, एजेण्डा छोडेर फोरम सत्ता लिप्सामा लागेको राजपाको आरोप ।

* पार्टीभित्रको विरोधका वावजुद संसदीय दलको नेतामा उम्मेदवारी दिने काँग्रेस सभापति देउवाको भनाइ, प्रतिस्पर्धामा उत्रने सिंहको तयारी, निर्बिरोध भए दलको नेता वन्न कोइराला तयार ।

* प्रधानन्यायाधीशले संविधानवाद र प्राकृतिक न्यायको सिद्दान्तलाई आत्मसात गर्नुपर्ने विज्ञहरुको सुझाव, जनआस्था घट्ने कृयाकलाप अघि बढाउनै नहुनेमा जोड ।

* स्वैच्छिक अवकास लिन इच्छुक पाँच हजार कर्मचारीका लागि १५ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान, निवृत्तिभरण खर्च बढ्दो, योगदानमा आधारित पेन्सन कार्यक्रम अलपत्र ।

* एन्फाद्वारा जापानी प्रशिक्षक ग्योतुकु कोजी संगको सम्झौता एक वर्षका लागि नविकरण, साफ च्याम्पियनसिप जिताउने प्रशिक्षक कोजीको प्रतिबद्धता ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस