Kantipur Samachar | कान्तिपुर समाचार, ०९ फागुन २०७४

आजको मुख्य समाचार :

* मन्त्रालयको भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा झमेला,गृह, भौतिक पूर्वाधार, उर्जा र सहरी विकास मन्त्रालय पाउनुपर्ने माओवादी केन्द्रको दाबी ।

* प्रदेश सरकारहरु धमाधम महत्वांकाक्षी र दीर्घकालिन योजना अघि सार्दै, ऐन नियम र कर्मचारी अभावमा काम शुरु गर्न भने अन्यौल ।

* रोजगारका लागि विदेशिनेको संख्या र गन्तव्य मुलुकमा उत्पन्न समस्याका कारण रेमिट्यान्स घट्यो, शोधनान्तर र गरिबीमा असर पर्ने राष्ट्र बैकको बिश्लेषण ।

* सिरियामा विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी सेनाले गरेको हवाई आक्रमणमा मर्नेको संख्या २ सय ५० पुग्यो, युद्धविरामका लागि राष्ट्रसंघको आहृवान ।

* धनगढी प्रिमियर लिगको अक्सन सम्पन्न, करण, बसन्त,सागर र आरिफ सवैभन्दा मंहगा खेलाडी, चारै खेलाडी एक लाख ५० हजारमा अनुबन्धित ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस